च्याम्पियन्स लिग : बार्यन, आर्सनल, म्यान्चेस्टर सिटी, नापोली, रियल मड्रिड विजयी
काठमाडौं : युरोपेली च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले गलातासरेमाथि शानदार जित निकालेको छ।
गलातासरेको राम्स पार्कमा भएको खेलमा घरेलु टिम बायर्नसँग ३-१ ले पराजित हुनपुग्यो।
पहिलो लेगको खेलमा भने उसले बायर्नसँग ६-० को फराकिलो हार व्यहोरिसकेको छ। यस्तै गएराति नै भएको खेलमा इन्टर मिलानले साल्जबर्गलाई २-१ ले हरायो।
गएराति नै भएको खेलमा युनियन बर्लिन नापोलीसँग एक शून्यले पराजित भयो। सेभियाको रंगशालामा भएको खेलमा घरेलु टोलीले आर्सनलसँग २-१ ले पराजित हुन पुग्यो। आर्सनलले १५ वर्ष पछि सेभियालाई उसको मैदानमा हरायो।
गएराति नै भएको अर्को खेलमा रियल मड्रिडले स्पोटिङ ब्रागालाई २-१ ले हरायो। समूह सीको शीर्ष स्थानमा रियल समूहमा अपराजित रहँदै नकआउट चरण पुग्न चाहन्छ।
यस्तै गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले कोपनहेगनलाई १-० ले हरायो। समूह ए मा रहेको युनाइटेडले पहिलो जित निकाल्यो।
मंगलबार राति नै भएको खेलमा लेन्स र पिएसभीले बराबरी खेल्दा बेन्फिका रियल सोसिडाडसँग एक शुन्यले पराजित हुन पुग्यो।
कात्तिक ८, २०८० बुधबार ०७:१५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।