यसपालि राष्ट्रपतिकोमा टीका लगाउनेले घुँडा टेक्नु परेन

यसपालि राष्ट्रपतिकोमा टीका लगाउनेले घुँडा टेक्नु परेन

काठमाडौँ : राष्ट्रपति कार्यालयमा दशैँमा टीका लगाउँदा भिआइपीले नै घुँडा टेकेको तस्बिर भाइरल भयो।

राष्ट्राध्यक्षको हातको टीका र आशिर्वाद लिन राष्ट्राध्यक्षको सरकारी निवास पुग्ने भिआइपीसँगै सर्वसाधारणले उभिएरै टीका लगाउनुपर्थ्यो।  यस पटक भने भिभिआइपी र भिआइपीका लागि मात्र हैन सर्वसाधारणका लागि समेत कुर्सी राखिएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका लगाउन  प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी लगायतकासँगै सर्वसाधारण समेत पुगेका थिए।

भण्डारीको कार्यकालमा टीका लगाउँदै पूर्व प्रधानन्यायाधीश।सर्वसाधारणका लागि तीनदेखि पाँचसम्म समय तोकिएको थियो। राष्ट्राध्यक्षको अगाडि सिर निहुराउनैपर्ने अनि बस्न नहुने शाही संस्कारलाई राष्ट्रपति डा रामवरण यादव अनि विद्या भण्डारीले समेत पछ्याएका थिए।

पौडेलले भने परम्परा भत्काउँदै सर्वसाधारणका लागि दुइवटा कुर्सी राख्न लगाएका थिए।

कात्तिक ७, २०८० मंगलबार २३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।