राष्ट्रपति पौडेलले भाउजू र पुरोहितको हातबाट दशैंको टिका लगाए

राष्ट्रपति पौडेलले भाउजू र पुरोहितको हातबाट दशैंको टिका लगाए

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ११ बजेर २ मिनेटको शुभ साइतमा ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट विजया दशमीको टीका लगाएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा पौडेलले भाउजू र पुरोहितको हातबाट टिका लगाएर आशिर्वाद लिए। त्यसपछि उनले परिवारका सदस्यहरूलाई टीका, जमरा लगाइदिएका थिए।

 

राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रूपमा इच्छुक अति विशिष्ट, विशिष्ट  र आम नागरिकलाई अपराह्न २ बजेदेखि ५ बजेसम्म टीका लगाउने राष्ट्रपति कार्यालयले जनाएको छ।

अति विशिष्ट र विशिष्ट व्यक्तिका हकमा २ देखि ३ र आम नागरिकको हकमा ३ देखि ५ बजेसम्म टीका-जमरा लगाउने समय तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

कात्तिक ७, २०८० मंगलबार १३:४३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।