यू-१९ एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईलाई दियो २८१ रनको लक्ष्य
काठमाडौं : मलेसियामा जारी यू-१९ प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ।
क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो।
नेपालका लागि कप्तान देव खनालले १०० रनको शतकीय पारी खेले।
यस्तै अर्जुन कुमाल ५५ र उत्तम थापा मगर ५३ रनले अर्धशतकीय पारी खेले।
यूएईका हरित शेट्टी एक्लैले पाँच विकेट लिए।
कात्तिक ७, २०८० मंगलबार ११:०७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।