युएईविरुद्धको फाइनलमा देव खनालको शतक
काठमाडौं : मलेसियामा जारी १९ वर्षमुनिको एसीसी प्रिमियर कपको फाइनलमा कप्तान देव खनालले युएईविरुद्ध शतक प्रहार गरेका छन्।
बायोमस ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेका कप्तान खनालले ९० बलमा ९ चौका र ३ छक्काको मद्दतमा शतक प्रहार गरेका हुन्।
३५ ओभरको समाप्तीमा नेपालले ३ विकेट गुमाएर १८३ रन बनाएर खेलिरहेको छ। नेपालको पारीमा अर्जुन कुमालले ५५ रन जोडे।
दीपक बोहरा ४ र आकाश त्रिपाठी ० रनमा आउट हुँदा उत्तम रङगु थापा मगरले खेलिरहेका छन्। खनाल १०० रन बनाएर आउट भए।
कात्तिक ७, २०८० मंगलबार ०९:२२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।