मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते

मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीमा सुमो दुर्घटना भएको छ।

कुलेखानीबाट मातातीर्थ हुँदै काठमाडौं जाने भित्री सडकखण्डमा आज विहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्र.०३-००१ ज ०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा नेपाल घुम्न आएका १३ भारतीय तीर्थयात्री घाइते भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले बताए।

सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र घाइतेको उपचारका लागि काठमाडौं पठाइएको उनले जानकारी दिए।

कात्तिक ७, २०८० मंगलबार ०९:१३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।