संस्था बचाउन विद्रोह गरिएको एनआरएन शर्मा समूहको दाबी

संस्था बचाउन विद्रोह गरिएको एनआरएन शर्मा समूहको दाबी

काठमाडौँ : गैर आवासीय नेपाली सङ्घ एनआरएनएमा विद्रोह गरेर आफ्नै अध्यक्षतामा कार्यसमिति घोषणा गरेका आर के शर्माले संस्था बचाउन विद्रोह गर्नु परेको तर्क गरेका छन्।

११ औँ महाधिवेशनबाट डा. बद्री केसीसहितको टिम विजयी भएपछि पराजित समूहले औपचारिक रूपमै समानान्तर कार्यसमिति घोषणा गरेर एनआरएनको केन्द्रमै पदभार समेत ग्रहण गर्यो। 

सोमबार पत्रकारसँग विद्रोही समूहका अध्यक्ष शर्माले भने ‘विद्रोह संस्था बचाउनका लागि हो।’

उनले हरेकले दश-दश डलर उठाएर संस्थाको भवन बनाएको र यो कसैको व्यक्तिगत सम्पत्ति नभएको तर्क गरे।

आफू पदका लागि नभएर परिस्थितिको कारण संस्था रेस्क्यू गर्ने प्रयास गरेको र केही साथीहरूले नराम्रो माने पनि अधिकाश‌ंको हितका लागि विद्रोह गरेको उनको तर्क गरेका थिए।

२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएपछि नयाँ प्रक्रियामार्फत अध्यक्षमा शर्मालाई चयन गरिएको सो पक्षको दाबी छ।

पराजित पक्षले नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. केशव पौडेललाई चयन गरेको छ। उनी निर्वाचनमा विजयीसमेत भएका थिए।

६ कात्तिक, २०८०, २१:३२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।