चार बल बाँकीहुँदै नेपालले सहजै हरायो युएईलाई

चार बल बाँकीहुँदै नेपालले सहजै हरायो युएईलाई

काठमाडौँ : नेपालले ४ बल  बाँकी छँदै युएईले दिएको १६५ रनको लक्ष्य पुरा गर्दै विजयी भएको छ।

पाँच विकेटको क्षतिमा नेपालले युएइले दिएको चुनौती पुरा गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोडेको थियो।

ओपनर आसिफ शेख, कप्तान रोहित पौडेल र फिनिसर दीपेन्द्र सिंह ऐरीले सानदार पारी खेलेका थिए।

नेपालका लागि आसिफ शेखले ५० बलमा ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै ४२ बलमा रोहित पौडेलले ४७ रन जोडेका थिए।  नेपालका लागि विस्फोटक ब्याटिङ गरेका दीपेन्द्रले १५ बलमा ४० रन बनाएका थिए।

युएईका लागि मोहम्मद जवाद उल्लाहले सर्वाधिक २ विकेट लिएका थिए।

 

कात्तिक ६, २०८० सोमबार २१:२२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।