उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’, वुधबार स्वदेश फर्किने

उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’, वुधबार स्वदेश फर्किने

काठमाडौं : चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। 

बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनको उपचारपछि उनी आज डिस्चार्ज भएका हुन्। 

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इनटरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयाघात भएको थियो। 

अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गरेका छन्। 

उपप्रधानमन्त्री श्रेष्ठ आउँदो वुधबार बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ। 

कात्तिक ६, २०८० सोमबार १३:२७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।