त्रिदेशीय क्रिकेट शृङ्खला : १ सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले मात्र ५ रनमा दोस्रो विकेट गुमायो
काठमाडौं : काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट शृङ्खला अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। सोमपाल कामी मात्र २ रन बनाएर आउट भएका हुन्।
यसअघि कुशल भुर्तेल पहिलो ओभरमा नै मात्र एक रन बनाएर आउट भएका थिए । नेपालले २ विकेटको क्षतिमा ५ रन बनाएको छ।
त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले नेपालसामु जीतका लागि १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
यसअघि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो।
कात्तिक ६, २०८० सोमबार १३:१२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।