वर्षमा ५० ओडीआई छक्का प्रहार गर्ने रोहित शर्मा पहिलो भारतीय

वर्षमा ५० ओडीआई छक्का प्रहार गर्ने रोहित शर्मा पहिलो भारतीय

काठमाडौं : भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले जारी एकदिवसीय विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

भारतले आइतबार धर्मशालामा न्युजिल्याण्डविरुद्धको खेलमा रोहित शर्माले कीर्तिमान बनाएका छन्।

रोहित एक वर्षमा ५० ओडीआई छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी बनेका छन्। अहिलेसम्म जम्मा तीन खेलाडीले यो गर्न सकेका छन्।

रोहितभन्दा अगाडि दक्षिण अफ्रिकाका एबी डिभिलियर्स र वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले मात्र एक क्यालेन्डर वर्षमा ५० वा सोभन्दा बढी शतक बनाएका छन्।

रोहितले आइतबार दोस्रो ओभरमा न्यूजिल्याण्डका फास्ट बलर म्याट हेनरीलाई छक्का प्रहार गर्दै यो उपलब्धि हासिल गरेका हुन्।

योसँगै रोहित शर्माको टोलीले धर्मशालामा भएको विश्वकप २०२३ को खेलमा न्युजिल्याण्डलाई चार विकेटले पराजित गरेको हो।

भारतले २० वर्षपछि आईसीसी प्रतियोगितामा न्युजिल्यान्डलाई पराजित गरेको छ।

यस प्रतियोगितामा भारतीय टोलीको यो लगातार पाँचौं जित हो। योसँगै भारत अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

कात्तिक ६, २०८० सोमबार १०:५७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।