इजरायलले भन्यो- हिजबुल्लाहका दुई अड्डामा हामीले आक्रमण गर्‍यौं

इजरायलले भन्यो- हिजबुल्लाहका दुई अड्डामा हामीले आक्रमण गर्‍यौं

एजेन्सी : इजरायलको सेनाले सोमबार बिहानै लेबनानमा हिजबुल्लाहका दुईवटा स्थानमा आफ्ना विमानहरूले आक्रमण गरेको जनाएको छ।

इजरायल र गाजाबीच जारी द्वन्द्वका बीच लेबनानको सिमानामा हिजबुल्लाह र इजरायलबीच पनि हमला भइरहेका छन्।

हिजबुल्लाह लेबनानी शिया इस्लामवादी लडाकु समूह हो।

हिजबुल्लाहको एउटा आधार क्षेत्र इजरायली सीमावर्ती शहर मातट नजिकै रहेको थियो भने अर्को सेबा फार्म्सको विवादित क्षेत्रमा रहेको इजरायलको सेनाले जनाएको छ।

इजरायली सेनाले हिजबुल्लाहका दुवै अड्डाहरू इजरायलतर्फ एन्टी-ट्याङ्क मिसाइल र रकेटहरूद्वारा नियोजित आक्रमणको पूर्व नै ध्वस्त भएको दाबी गरेको छ।

लेबनानको राज्य समाचार एजेन्सी एनएनएले माटाटबाट करिब १३ किलोमिटर उत्तरपूर्वमा दक्षिणी लेबनानको एउटा गाउँ अटारोनको बाहिरी भागमा इजरायली हवाई आक्रमण गरेको जनाएको छ।

यद्यपी, समाचार एजेन्सीले इजरायली सेनाले दाबी गरेको आक्रमणलाई संकेत गरिरहेको छ वा अन्य कुनै भन्ने बारेमा भने स्पष्ट भइसकेको छैन।

यस हमलाबाट कोही घाइते भए भन्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।

कात्तिक ६, २०८० सोमबार ०८:४६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।