शुभमन गिलको नाममा नयाँ कीर्तिमान, तोडे हसिम अमलाको रेकर्ड

शुभमन गिलको नाममा नयाँ कीर्तिमान, तोडे हसिम अमलाको रेकर्ड

एजेन्सी : भारत र न्यूजिल्याण्डको खेलमा भारतीय ब्याट्सम्यान शुभमन गिलले आफ्नो नाममा नयाँ कीर्तिमान बनाएका छन्।

शुभमन गिल एकदिवसीय खेलमा सबैभन्दा छिटो २००० रन बनाउने ब्याट्सम्यान बनेका छन्।

उनले ३८ इनिङ्समा मात्रै यो स्थान हासिल गरेका हुन्।

यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाका अनुभवी खेलाडी हासिम अमलाको नाममा थियो। अमलाले ४० इनिङ्समा २ हजार रन जोडेका थिए।

हिमाचल प्रदेशको धर्मशाला रंगशालामा भारत र न्युजिल्यान्डको टोली अहिले आमनेसामने भइरहेका छन्।

टस जितेर ब्याटिङ गरेको न्यूजिल्याण्डले भारतलाई जितका लागि २७४ रनको लक्ष्य दिएको छ।

कात्तिक ५, २०८० आइतबार २०:२९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।