धादिङमा विहानको भूकम्पपछि छ वटा परकम्प, पाँच म्याग्निच्युडभन्दा माथिका दुई वटा

धादिङमा विहानको भूकम्पपछि छ वटा परकम्प, पाँच म्याग्निच्युडभन्दा माथिका दुई वटा

काठमाडौं : धादिङ केन्द्रविन्दु भएर पुनः फरक-फरक समयमा छ वटा भूकम्पको परकम्प गएका छन्।

बिहान ७ बजेर ३९ मिनेट जाँदा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले ४ म्याग्निच्युडभन्दा माथिको भूकम्पको मात्र विवरण सार्वजनिक गर्ने गरेको छ।

त्यसयता ४ म्याग्निच्युडभन्दा माथिका छ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बिहानै ८ बजेर ८ मिनेट जाँदा ४.२, ८ बजेर २८ मिनेट जाँदा मा ४.३, ८ बजेर ५९ मिनेट जाँदा ४.१ म्याग्निच्युडको परकम्पन गएको हो।

यस्तै, दिउँसो ४ बजेर ४ मिनेट जाँदा ४.४, ५ बजेर ३१ मिनेटमा ५ र ५ बजेर ३३ मिनेटमा ५.१ म्याग्निच्युडको परकम्प गएको हो।

विहान गएको भूकम्प धादिङसहित काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको थियो।

उक्त भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कात्तिक ५, २०८० आइतबार २०:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।