राष्ट्रिय भूकम्प मापन केन्द्रले भन्यो- भूकम्प ६.१ म्याग्नेच्यूडको हो

राष्ट्रिय भूकम्प मापन केन्द्रले भन्यो- भूकम्प ६.१ म्याग्नेच्यूडको हो

काठमाडौं : राष्ट्रिय भूकम्प मापन केन्द्रले विहान ७ बजेर ३९ मिनेटमा गएको भूकम्प ६.१ म्याग्नेच्यूडको भएको जनाएको छ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको हो।

खरी र मैदी जोडिएका गाउँ हुन्। भूकम्पको गहिराइ १३ किलोमिटर मापन भएको छ। त्यसकारण पनि शक्तिशाली झट्का महसुस भएको अधिकारीले बताए।

भूकम्पको काठमाडौंलगायत आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको छ। भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए।

यसअघि युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्रले धादिङको मैदी केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको जनाएको थियो।

पछिल्लो केही समय यता बझाङ केन्द्रविन्दु भएर भूकम्प गइरहेको थियो।

सम्बन्धित समाचार:-

कात्तिक ५, २०८० आइतबार ०८:४९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।