धादिङको मैदी केन्द्रविन्दु भएर भूकम्प

धादिङको मैदी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : काठमाडौं लगायत आसपासका जिल्लामा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दु धादिङको मैदीमा भएको पाइएको छ।

युरोपेली भूमध्ये भूकम्प विज्ञान केन्द्रका अनुसार धादिङको मैदी केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्प जमिनभन्दा १३ किलोमिटर गहिराइमा गएकाले ठूलो धक्का महसुस भएको केन्द्रले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु काठमाडौंबाट ६० किलोमिटर पश्चिममा र भरतपुरबाट ४१ किलोमिटर उत्तर पूर्वमा रहेको केन्द्रको वेबसाइटमा उल्लेख छ।

ℹEvent wrap-up: today a M5.2 #earthquake (#भूकम्प) hit Pokhari Gau (#Nepal) at 07:39:20 local time (UTC 01:54:20). Shaking was felt over 100km by approximately 6M people in Nepal.

— EMSC (@LastQuake) October 22, 2023

भूकम्पको धक्का १०० किलोमिटर रेडियससम्म महसुस गरिएको केन्द्रले जनाएको छ। भूकम्पले लगभग १५ सेकण्डभन्दा लामो समयसम्म जोडले हल्लाएको थियो।

केन्द्रले यसको पराकम्प आउनसक्ने भएकाले सचेत रहनसमेत आग्रह गरेको छ।

कात्तिक ५, २०८० आइतबार ०८:०३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।