त्रिदेशीय टी–२० शृङ्खला : हङकङलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं : काठमाडौंको मूलपानीमा जारी त्रिकोणात्मक टी(२० श्रंखलामा नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ।
कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै गातार तेस्रो जित निकालेको नेपाल श्रंखलामा एक खेल बाँकी छँदै फाइनलमा प्रवेश गरेको हो।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि मल्लले ४१ बलमा ९२ रन, ऐरीले ३४ बलमा ५७ रनको योगदान दिए। कुशल भुर्तेल २ रनमा आउट हुँदा आशिफ सेख २०, सोमपाल ८, कप्तान रोहित पौडेलले ११ रन बनाए। यस्तै सन्दीप जोरा र गुलशन झाले एक एक रन बनाए।
नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो।
कात्तिक ४, २०८० शनिबार १४:४७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।