दशैंमा राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका लगाइदिने, मर्यादित पोशाकमा आउन आग्रह

दशैंमा राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका लगाइदिने, मर्यादित पोशाकमा आउन आग्रह

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिने भएका छन्।

उनले असोज ७ गते विजया दशमीका दिन अपराह्न २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधरणलाई टीका-प्रसाद प्रदान गर्ने भएका हुन्।

राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेटमा भाउजू विष्णुमायाको हातबाट टीकाजमरा र आशीर्वाद लिने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

पौडेलले भाउजूको हातबाट टीका जमरा र आशीर्वाद लिएपछि परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको पोखरेलले बताए। 

टीका ग्रहणका लागि मर्यादित पोशाकमा आउन समेत राष्ट्रपतिको कार्यालयले आग्रह गरेको छ।

कात्तिक ४, २०८० शनिबार १३:३९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।