‘प्रेम गीत’ निर्माताले ‘बलिदान’ निर्देशन गर्ने, रिलिज डेट २०८१ फूलपाती

‘प्रेम गीत’ निर्माताले ‘बलिदान’ निर्देशन गर्ने, रिलिज डेट २०८१ फूलपाती

काठमाडौं : आसुशेन फिल्म्स प्रोडक्सनले आगामी फिल्मको रूपमा ‘बलिदान’ निर्माणको घोषणा गर्दै टिजर पोस्टर सार्वजनिक गरेको छ।

फिल्मलाई सन्तोष सेनले निर्देशन गर्नेछन्। प्रदर्शन मिति २०८१ सालको फूलपातिलाई तय गरिएको छ। निर्मातामा पवन ब्राडफर्ड विष्ट छन्।

फिल्मले मधेशको एक वास्तविक राजनीतिक आन्दोलन र घटनाको कथावस्तु पेश गर्ने निर्देशक सेनले बताए। टिजर पोस्टरमा राजमार्गमा आगजनी गरिएका गाडीहरुको हिंस्रक दृश्य देख्न सकिन्छ।

‘प्रेमगीत ४’ निर्देशक सेनको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हो। सेनले यो फिल्मको कथावस्तुलाई ‘सार्वभौम महाकथा’को रुपमा ब्याख्या गरे।

‘शान्तिपूर्ण आन्दोलन गर्दा विदेशी तत्व प्रवेश गरेर कसरी आन्दोलनलाई हिंस्रक बनाउँछन् र यस्ता मुद्दा मधेशमा कसरी चलिरहेका छन् भन्ने कथावस्तु वरपर फिल्म घुम्छ’ उनले भने।

विषयवस्तु यथार्थ रहेको तर स्थान तथा पात्र काल्पनिक रहेको सेनले बताए। फिल्मको छायांकन तिहारपछि सुरु हुने जनाइएको छ।

फिल्मको पटकथा दर्शन जी र स्क्रिप्ट डाक्टरको रुपमा मनोज पण्डित छन्। कार्यकारी निर्मातामा चक्रबहादुर चन्द र प्रेम पुरी छन्।

कात्तिक ४, २०८० शनिबार ०९:४४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।