नेपाल र जापानबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित
काठमाडौं : १९ वर्षमुनिको एसीसी प्रिमियर कपको नेपाल र जापानबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएको छ।
मलेसियाको बायोमास ओभलमा २५ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर १४० रन जोड्दा वर्षा भएपछि खेल प्रभावित बनेको हो। अहिले पनि पानी परिरहेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले आजको खेलमा हेमन्त धामीलाई टोलीमा समेटेको छ।
जापानका कप्तान कोजी हार्डग्रेभ एबीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। नेपालले तीव्र गतिका बलर दुर्गेश गुप्ताको स्थानमा हेमन्तलाई टोलीमा राखेको हो।
नेपाल समूह ए र जापान समूह डी को विजेताको रूपमा सेमिफाइनल खेलिरहेका छन्। अर्को सेमिफाइनलमा यूएई र सिंगापुरबीच भइरहेको छ।
फाइनल मंगलबार हुनेछ। फाइनल पुग्ने दुई र तेस्रो स्थानमा रहने एक गरी तीन टोली आगमी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन्।
तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोली भिड्नेछन्।
कात्तिक ४, २०८० शनिबार ०९:३७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।