पाकिस्तानी समर्थकलाई ‘पाकिस्तान जिन्दाबाद’को नारा लगाउन रोकेपछि विश्वकपमा विवाद
काठमाडौं : बेंगलुरुको एम चिन्नास्वामीमा तैनाथ एक पुलिसकर्मीले शुक्रबार पाकिस्तान र अस्ट्रेलियाबीचको खेलमा पाकिस्तानी फ्यानलाई ‘पाकिस्तान जिन्दाबाद’को नारा लगाउनबाट रोकेपछि विवाद चर्किएको छ।
यस विषयमा एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा प्रहरीको बर्दी लगाएका एक व्यक्तिले पाकिस्तानी जर्सी लगाएका एक व्यक्तिलाई ‘पाकिस्तान जिन्दाबाद’को नारा लगाउनबाट रोकेको देखिन्छ।
यस भिडियोमा आफूलाई पाकिस्तानी फ्यान भन्दै एक व्यक्तिले भनेका छन्, ‘पाकिस्तानबाट आएका हो भने पाकिस्तान जिन्दाबाद नभने भने के भन्ने? पाकिस्तान खेल्दै छ, पाकिस्तान जिन्दाबाद नभनेर के भनौँ? म एउटा भिडियो बनाउँछु र त्यसमा तपाईंले भन्नुहुनेछ कि म यो भन्न सक्दिन।’
"Why I cant say #Pakistan Zindabad?", asks the spectator in the green jerseys.
— Yusra Askari (@YusraSAskari) October 20, 2023
"Not allowed" replies the gent in uniform.
Wah kya mehmaan nawaazi hai, #India! #CWC2023 pic.twitter.com/ntTK0xpMEi
योसँगै प्रहरीका तर्फबाट ‘भारत माता की जय’ भन्न कुनै समस्या नभएको तर ‘पाकिस्तान जिन्दाबाद’को नारा लगाउन नमिल्ने बताइएको छ। यद्यपि यस भिडियोको प्रामाणिकता स्वतन्त्र स्रोतबाट पुष्टि भएको छैन।
यस विषयमा बेंगलुरु प्रहरीसँग उनीहरूको पक्ष लिन खोजेको थियो तर अहिलेसम्म उनीहरूबाट कुनै प्रतिक्रिया आएको छैन।
तर, यस विषयलाई लिएर सामाजिक सञ्जालमा भने बहस सिर्जना भएको छ। पाकिस्तान र भारतका सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीको यो कदमको विरोध गरेका छन्।
शुक्रबार भएको खेलमा पाकिस्तान अस्ट्रेलियासँग ६२ रनले पराजित भयो।
कात्तिक ४, २०८० शनिबार ०८:२८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।