आजको मौसम : पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य बदलीको सम्भावना

आजको मौसम : पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य बदलीको सम्भावना

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कात्तिक ४, २०८० शनिबार ०७:३३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।