एनसेलका ३५ सय बढी ग्राहकलाई सय रुपैंया बोनस ब्यालेन्स

एनसेलका ३५ सय बढी ग्राहकलाई सय रुपैंया बोनस ब्यालेन्स

काठमाडौँ : एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत ३ हजार ५ सय भन्दा बढी ग्राहकले शुक्रवार एक सय रुपैयाँ बोनस ब्यालेन्स पाएका छन्।

एनसेलले १८ औँ वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईँकै लागि’ थिम अन्तर्गत सो योजना सार्वजनिक गरेको थियो।

भदौ ३१ देखि २८ दिनसम्म सञ्चालन भएको उक्त योजनामा हरेक दिन ग्राहकलाई निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस दिइएको थियो।

दैनिक उपहार बाहेक प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलबारे उत्कृष्ट नारा पठाउने ग्राहक एक सय  रुपैयाँ बोनस ब्यालेन्सका लागि छानिएका थिए। विजेता ग्राहकले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जसरी नै एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

साप्ताहिक रूपमा एक सय रुपैयाँ बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरूले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो।

एनसेलले चाँडै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकको घोषणा गर्ने जनाएको छ। बम्पर पुरस्कारमा सात जना ग्राहकले एक/एक वटा स्कुटर जित्नेछन्।

कात्तिक ३, २०८० शुक्रबार २३:१५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।