युवा पत्रकार सागर घिमिरेको निधन

युवा पत्रकार सागर घिमिरेको निधन

काठमाडौँ : युवा पत्रकार सागर घिमिरेको निधन भएको छ।

शुक्रवार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरे।

मुटुमा समस्या देखिएपछि उनी बिहीबार अस्पताल भर्ना भएका थिए। डिस्चार्ज भएका उनको स्वास्थ्यमा पुन समस्या शुक्रवार देखिएपछि अस्पताल लगिएको थियो।

उनी न्यु बिजनेस एज, रिपब्लिका दैनिक हुँदै हाल अन्तर्राष्ट्रिय मिडिया एजेन्सी एएफपीमा कार्यरत थिए।

कात्तिक ३, २०८० शुक्रबार २०:२२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।