दशैंको अवसरमा तिलोत्तमाको होटल पौवाले ‘सराय नृत्य’ प्रदर्शन गर्ने

दशैंको अवसरमा तिलोत्तमाको होटल पौवाले ‘सराय नृत्य’ प्रदर्शन गर्ने

काठमाडौं : होटल पौवाले तिलोत्तमा योगिकुटीमा ‘सराय नृत्य’ प्रदर्शन गर्ने भएको छ। 

नेपालीहरुको सबैभन्दा ठुलो पर्वका रुपमा रहेको बडा दशैंलाई उत्सवका रुपमा मनाउन यस वर्ष  होटल पौवाले बुटवल योगिकुटीमा यहि कार्तिक १७ गते ‘सराय नृत्य’ प्रदर्शन गर्ने भएको हो।

दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतको जिल्लाहरुमा नाचिने ‘सराय नृत्य’लाई सांस्कृतिक पहिचान दिन नाचको प्रारम्भ गरेको होटलका प्रबन्ध निर्देशक बिष्णुप्रसाद ज्ञवालीले बताए।

साथै दशैंको अबसरमा पौवाका ३ वटा शाखामा परम्परागत लिङ्गे पिङ राखिएको समेत उनले बताए। 

नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन भैरहवा, बुटवल र भालुवाङ शाखामा लिङ्गे पिङको व्यवस्था गरिएको उनको भनाई छ।

विविध सांस्कृतिक पहिचानले सिंगारिएको नेपालका विभिन्न स्थानमा सञ्चालित होटल पौवाले त्यस्ता पहिचानलाई जोगाइराख्न समेत प्रयास गर्दै आएको ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड विष्णु भण्डारीलेबताए।

पर्यटन प्रवर्द्धनमा  देशको कला, संस्कति, रहनसहन, भेषभुषा, खानपिन लगायतका पक्षको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले पर्यटन उद्योगको एक अंश रहेको हस्पिटालिटी क्षेत्रमा उदाइरहेको होटल पौवाले पनि नेपाली संस्कृति र परम्परालाई आत्मासाथ गर्दै हरेक चाडपर्वलाई उत्सवका रुपमा मनाउँदै आइरहेको बताए।

होटलमा सराय नृत्य प्रदर्शन कार्यक्रमको संयोजक समेत रहेका भण्डारीले पौवाले विगतमा पनि नेपालमा रहेका हरेक भाषाभाषी र जनजातिले मनाउँदै चाडपर्व, संस्कार संस्कृति विशेषलाई लगातार ब्राण्डिङ गरिरहेको दाबी गरे।

नेपालका लागि नेपाली आतिथ्यता सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रस्तुतिका रुपमा उदाएको छ।

स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने देशभर १२ स्थानबाट होटल पौवाले सेवा दिइरहेको होटलका सिईयो कृष्ण गौतमले बताए।

कात्तिक ३, २०८० शुक्रबार १९:३७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।