बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते
सांकेतिक तस्बिर

धनगढी : बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ५ जना घाइते भएका छन्।

जिल्लाको भाँडेबाट बुड्खोरी जाँदै गरेको सु. प.प्र. ०१००१ ज १२६६ नम्बरको जीप छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा दुर्घटना हुँदा २५ वर्षीय रेशम महतको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार घाइते हुनेमा बुड्खोरीका रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र नीरन धामी रहेका छन्। 

घाइतेहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक ३, २०८० शुक्रबार १९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।