चोटका कारण हार्दिक पाण्ड्याले न्यूजिल्याण्डविरुद्धको खेल नखेल्ने

चोटका कारण हार्दिक पाण्ड्याले न्यूजिल्याण्डविरुद्धको खेल नखेल्ने

काठमाडौं : भारतीय क्रिकेट टोलीका उपकप्तान हार्दिक पाण्ड्या घुँडाको चोटका कारण धर्मशालामा न्युजिल्यान्डविरुद्धको खेल नखेल्ने भएका छन्।

बीसीसीआईले अलराउन्डर हार्दिक पाण्ड्याको बारेमा हेल्थ बुलेटिन जारी गर्दै स्क्यानपछि चिकित्सकले उनलाई आराम गर्न सल्लाह दिएको बताएको छ।

उनी बीसीसीआईको मेडिकल टोलीको निगरानीमा छन्। बीसीसीआईले अब उनी लखनउमा इंग्ल्याण्ड विरुद्धको टोलीमा सिधै सामेल हुने बताएको छ।

कसरी लाग्यो चोट?
बंगलादेशविरुद्धको खेलको नवौं ओभर बलिङ गर्न रोहित शर्माले बल हार्दिक पाण्ड्यालाई दिएका थिए। लिटनकुमार दासले ब्याटिङ गरिरहेका थिए।

पहिलो बलमा कुनै रन बनेन। दोस्रो बलमा लिटन दासले कभरतर्फ चौका प्रहार गरे। लिटनले तेस्रो बलमा स्ट्रेट ड्राइभ खेले र चौका प्रहार गरे।

यो बललाई रोक्न खोज्दा पाण्ड्या घाइते भएका थिए। हार्दिकले लिटनको स्ट्रेट ड्राइभमा जुत्ता लगाएर बललाई रोक्न खोजेका थिए।

फिजियो मैदानमा आए र केही प्रयासपछि हार्दिक उठे। उसले अलिकति हिड्ने कोसिस गरे पनि सकेनन् र मैदानबाट बाहिरिए।

यो ओभरका बाँकी तीन बल विराट कोहलीले बलिङ गरेका थिए।

कात्तिक ३, २०८० शुक्रबार १४:४२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।