विश्वकप क्रिकेट : अस्ट्रेलियासँग वार्मअप खेलको बदला लिने पाकिस्तानको दाउ

विश्वकप क्रिकेट : अस्ट्रेलियासँग वार्मअप खेलको बदला लिने पाकिस्तानको दाउ

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकपमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्दैछन्।

बैंगलुरुलमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरू हुनेछ। जारी विश्वकपमा पाकिस्तान चार अंकसहित चौथो र अस्ट्रेलिया दुई अंकसहित छैटौं स्थानमा छ।

समान एक खेल हारेका दक्षिण अफ्रिका र पाकिस्तानको चार अंक छ। नेट रनरेटमा पाकिस्तान चौथो स्थानमा छ। खराब सुरूवात गरेकाे अस्ट्रेलिया तीन खेलमा एक मात्रै जितेको छ।

चार खेलबाट ८ अंक जोड्दै न्युजिल्यान्ड शीर्षस्थानमा यथावत छ। भारत पनि अपराजित रहँदै दोस्रो स्थानमा  छ।

पाकिस्तान अस्ट्रेलियाविरुद्ध बदला लिने लक्ष्यमा छ। यसअघि विश्वकपको वार्म अप खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १४ रनले हराएको थियो।

यसअघि पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलंकालाई ६ विकेटले हराउँदा अहमेदाबादमा आयोजक भारतसँग ७ विकेटले पराजित भएको थियो।

अस्ट्रेलिया पहिलो खेलमा भारतसँग ७ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग एक सय ३४ रनले पराजित भएको थियो। तेस्रो खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै पहिलो जित निकालेको हो।

कात्तिक ३, २०८० शुक्रबार १०:३८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।