नेपाल लाइफको ‘तिमी यो दशैंमा के गर्छौ?’ टिकटक प्रतिस्पर्धा, ३० हजार रुपैयाँ पुरस्कार

नेपाल लाइफको ‘तिमी यो दशैंमा के गर्छौ?’ टिकटक प्रतिस्पर्धा, ३० हजार रुपैयाँ पुरस्कार

काठमाडौं : नेपालकै अग्रणी लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको अवसरमा टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ।

‘तिमी यो दशैंमा के गर्छौ?’ नामक टिकटक अफरमा सहभागीले आ-आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ। जसका लागि कम्पनीको उपलब्ध गराएको अडियोमा टिकटक बनाउनुपर्नेछ।

हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३  प्रतिस्पर्धीहरू छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रथम हुनेलाई नगद तीस हजार, द्वितियलाई बीस हजार र तृतीयलाई दस हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

टिकटक प्रतिस्पर्धामा कात्तिक १५ गतेसम्म सहभागी हुन सकिनेछ।

कात्तिक ३, २०८० शुक्रबार ०८:३९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।