दशैं बिदामा पनि मानाव अधिकार आयोग खुला रहने

दशैं बिदामा पनि मानाव अधिकार आयोग खुला रहने

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू दशैं बिदामा पनि खुला रहने भएका छन्।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति निकालेर दशैं बिदामा पनि कार्यालय बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहने जानकारी दिएका हुन्।

आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको उनले बताए।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गर्ने प्रवक्ता पोखरेलले जानकारी दिए।

कात्तिक ३, २०८० शुक्रबार ०८:०१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।