भ्रष्टाचारको पहिलो पन्नामै  आफ्ना मान्छेको अनुहार देखेपछि सरकारले फाइल बन्द गरेको लामिछानेको दाबी

भ्रष्टाचारको पहिलो पन्नामै  आफ्ना मान्छेको अनुहार देखेपछि सरकारले फाइल बन्द गरेको लामिछानेको दाबी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउन नपाउँदै सरकारको सातो गएको टिप्पणी गरेका छन्।

बिहीबार काठमाडौँ-२ मा आयोजित पार्टीको भेलामा बोल्दै उनले भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउन नपाउँदै सरकारले आफ्ना मान्छेको अनुहार देखेपछि पहिलो पेजबाट दोस्रोमा नगई फाइल बन्द गरेको तर्क गरे।

‘सरकारले भ्रष्टाचारको फाइल सुरुवात गर्दा हामीले दिल खोलेर स्वागत गरेका थियौँ। संसद्को रोस्टममा मैले नै उभिएर भनेको थिएँ, स्याबास, राम्रोसँग गर्नु, जरोसम्म पुग्नु’ उनले भने’  जरोसम्म त के भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउन पाएको छैन सरकारको सातो गयो।’

उनले २०८४ सालपछि रास्वपाले भ्रष्टाचारका फाइलको धुलो टकटकाएर फाइलको पहिलो पन्नादेखि अन्तिमसम्म हेरेर सधैँका लागि बन्द गर्ने दाबी समेत गरेका थिए।

‘हाम्रो परिवारको मानिस किन नआओस्, सांसद होस् मन्त्री होस् या प्रधानमन्त्री होस् आफ्नो अर्काको नभनीकन हामी कारबाही गर्न तयार छौँ’ उनले दाबी गरे।

कात्तिक २, २०८० बिहीबार १८:२८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।