तल्लो अरुण जलविद्युत परियोजनामा निजी जग्गा लिने बाटो खुल्यो
काठमाडौँ : सरकारले, तल्लो अरुण जलविद्युत परियोजनाको लागि आवश्यक १०७ .९७ हेक्टर निजी जग्गा प्राप्तिको लागि स्वीकृत दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। तल्लो अरुणबाट ६६९ मेगावाटको विद्युत उत्पादन हुनेछ। सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले जग्गा प्राप्तिको लागि स्वीकृत दिने निर्णय भएको जानकारी दिइन्।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै उनले भनिन्,‘तल्लो अरुण जल विद्युत परियोजना ६६९ मेगावाटको लागि आवश्यक १०७ .९७ हेक्टर निजी जग्गा प्राप्तिको लागि स्वीकृत दिने निर्णय भएको छ।’
कात्तिक २, २०८० बिहीबार १८:१३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।