राष्ट्र संघका महासचिव भेटेपछि परराष्ट्रमन्त्री अमेरिका भ्रमण जाने

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद अमेरिका भ्रमण जाने भएका छन्।
कार्तिक ११ नेपाल आउन लागेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजसँग भेट गरेपछि मन्त्री साउद अमेरिका जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
महासचिव गुटरेज गत असोज २६ मै भनी तय भएको कार्यक्रम स्थगित भएपछि कार्तिक ११ का लागि नयाँ मिति तय भएको छ।
कात्तिक २, २०८० बिहीबार १३:२५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।