हङकङ ९४ रनमा अलआउट, करण एक्लैले लिए चार विकेट

हङकङ ९४ रनमा अलआउट, करण एक्लैले लिए चार विकेट

काठमाडौं : नेपाल, युएई र हङकङ सम्मिलित त्रिदेशीय टी-२० सिरिजको दोस्रो खेलमा हङकङ ९४ रनमा अल आउट भएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको हङकङ १९.३ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटिएसँगै नेपालले ९५ रनको लक्ष्य पाएको हो।

हङकङका लागि यासिन मुर्तजाले ३६ र जीसान अलीले १७ रन प्रहार गर्नुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

हङकङलाई सस्तैमा समेट्न नेपालका करण केसी एक्लैले चार विकेट लिए।

अबिनाश बोहरा र सोमपाल कामीले समान दुई-दुई विकेट लिँदा कुशल मल्ल र मौसम ढकालले पनि समान एक-एक विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

बुधबार भएको त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।

कात्तिक २, २०८० बिहीबार १२:३६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।