डोजरको ठक्करबाट ९२ वर्षीय वृद्धको मृत्यु

डोजरको ठक्करबाट ९२ वर्षीय वृद्धको मृत्यु

काठमाडौं : गुल्मीमा डोजरको ठक्करबाट एक ९२ वर्षीय वृद्धको मृत्यु भएको छ।

ठक्करबाट रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षीय कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

पैदल हिँडिरहेका सुनारलाई रेसुङ्गा-१४ टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो।

प्रहरीले डोजर चालक पाल्पाको माथागडी गाउँपालिका-७ का कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ।

सुनारको शव सदरमुकाम तम्घासस्थित अस्पतालमा राखिएको छ।

कात्तिक २, २०८० बिहीबार १२:१२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।