सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा
काठमाडौं : साताको पाँचौं दिन सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
बुधबारको तुलनामा बिहीबार सुनमा तोलाको पाँच सय रुपैयाँ बढ्दा छापावाल सुन तोलाको १ लाख १३ हजार सात सय रुपैयाँ कायम भएर रेकर्ड कायम गरेको हो।
तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलाको १ लाख १३ हजार १५० रुपैयाँ पुगेको छ।
चाँदीको मल्य भने बुधबारको तुलनामा तोलामा १५ रुपैयाँ घटेको छ। बुधबार तोलाको १ हजार ४१० रुपैयाँ रहेको मूल्य बिहीबार १ हजार ३९५ रुपैयाँमा झरेको छ।
कात्तिक २, २०८० बिहीबार ११:३६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।