एसीसी प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई दियो ३४८ रनको लक्ष्य
काठमाडौं : मलेसियामा जारी १९ वर्षमुनिको एसीसी प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई रनको ३४८ लक्ष्य दिएको छ।
युकेएम ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४७ रन जोड्यो।
उसका लागि अर्जुन कुमालले १११ बलको सामना गरेका उनले १७ चौका र २ छक्काको मद्दतमा १४२ रनको शतकीय पारी खेले।
आकाश त्रिपाठीले ९८ बलमा ६ चौका र दुई छक्काको मदद्तले ८९ रन जोड्दा दीपक बोहरा २९, दिपेश कँडेल र दीपक प्रसाद डुम्रेले समान १४–१४ रन बनाएर आउट भए।
विशाल विक्रम केसीले अविजित रहँदै २३ रन बनाए।
साउदी अरेबियाका अब्लुल्लाह सिराज, मोहम्मद अहमद राजा र मोहम्मद घायोर अहमदले समान दुई–दुई तथा जुहेर मोहम्मद र शाहजिद मुजिबुर रहमानले समान एक–एक विकेट लिए।
साउदी अरेबियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
कात्तिक २, २०८० बिहीबार ११:१०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।