त्रिदेशीय टी-२० सिरजमा हङकङविरुद्ध नेपालले टस जित्यो

त्रिदेशीय टी-२० सिरजमा हङकङविरुद्ध नेपालले टस जित्यो

काठमाडौं : त्रिदेशीय टी-२० सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले हङकङविरुद्ध नेपालले टस जितेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।

नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ। नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो।

नेपालले आजको खेलमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन।

नेपाललाई जिताउन दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले ९३ रनको साझेदारी गरेका थिए।

नेपालका तीव्र गतिका बलर करण केसीले ३ र गुलशन झाले २ विकेट लिएपछि युएई १ सय ३९ रनमै रोकिएको थियो।

२०२० पछि नेपालले हङकङसँग खेल्दैछ। पछिल्ला चार खेलमा नेपाल तीन खेलमा पराजित भएको छ। तर २०२० पछि नेपाली टोलीको स्तर र प्रदर्शन फेरिएको छ।

अंशुमन रथ, बाबर हायत र निजाकत खान हङकङका प्रमुख ब्याटर हुन्। यी तीन ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ।

कात्तिक २, २०८० बिहीबार १०:३९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।