चीनमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माइल्ड हर्टअट्याक

चीनमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माइल्ड हर्टअट्याक

काठमाडौं : चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन्।

चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।

बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो। बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो।

अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए।

हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ। गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन्।

बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको थियो।

कात्तिक २, २०८० बिहीबार १०:२४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।