भारतले खोल्यो चामल निर्यातको प्रतिबन्ध, नेपालले ९५ हजार मेट्रिक टन ल्याउन पाउने

भारतले खोल्यो चामल निर्यातको प्रतिबन्ध, नेपालले ९५ हजार मेट्रिक टन ल्याउन पाउने

काठमाडौं : भारत सरकारले नेपालसहित सात देशमाथि लगाएको चामल निर्यात प्रतिबन्ध खुला गरेको छ।

भारतको वाणिज्य विभागले बुधबार सूचना जारी गरी निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो।

यससँगै भारतले अब नेपाललाई ९५ हजार मेट्रिक टन चामल निर्यातको अनुमति दिएको छ।

राष्ट्रिय सहकारी निर्यात लिमिटेड मात्रै यस्तो चामल निर्यात हुन सूचनामा उल्लेख छ।

यसअघि भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै बासमती चामलबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो।

भारतले खाद्यान्नको बढ्दो मूल्यलाई इंगित गर्दै गत साउनमा बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएको थियो।

भारतको उक्त नीति लगत्तै नेपाली बजारमा चामलको मूल्य बढेको थियो।

यससँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतलाई चामल निर्यात सहज बनाउन माग गर्दै पत्राचार पनि गरेको थियो।

कात्तिक २, २०८० बिहीबार ०८:२३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।