यू-१९ एसीसी प्रिमियर कपमा नेपालले टस हार्यो

यू-१९ एसीसी प्रिमियर कपमा नेपालले टस हार्यो

काठमाडौं : मलेसियामा जारी १९ वर्षमुनिको एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा नेपालले टस हारेको छ।

मलेसियाको वाईएसडी युकेएम ओभल क्रिकेट मैदानमा साउदी अरेबियाका कप्तान मोहम्मद अहमद राजाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएसँगै नेपाल ब्याटिङमा तानिएको हो।

सेमिफाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ। चार टिम रहेको समूहमा नेपाल र साउदी अरेबिया समान चार अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।

नेपालले पहिलो खेलमा इरानलाई र दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो। 

१६ देशलाई चार समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहेको टोलीले सेमिफाइनल खेल्नेछ।

कात्तिक २, २०८० बिहीबार ०७:१६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।