बझाङ केन्द्रविन्दु भएर भूकम्प

बझाङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : बझाङ केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ। 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४.६ रेक्टरस्केलको ले जनाएको छ । 

भूकम्प धक्का बझाङका साथै सुदूरपश्चिमका अन्य जिल्ला बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महशुस गरिएको छ। 

लगातार भूकम्प जान थालेपछि यो प्रदेशका बासिन्दा त्रसित बनेका छन्। 

कात्तिक २, २०८० बिहीबार ०७:०६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।