मुख्यमन्त्री कार्यालयका सहायक हवल्दारसहित तीन जना चितुवाको छालासहित पक्राउ

मुख्यमन्त्री कार्यालयका सहायक हवल्दारसहित तीन जना चितुवाको छालासहित पक्राउ

कैलाली : कैलालीको धनगढी उप-महानगरपालिबाट प्रहरीले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ। 

उपमहानगरपालिका-४ बाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा करन बहादुर चन्द, बाजुराको गौमुल गाउँपालिकाका २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगाका ३० वर्षीय हेमराज जोशी रहेका छन्।

पक्राउ परेकामध्ये करन बहादुर चन्द मुख्यमन्त्री कार्यालयका  सहायक हवल्दार रहेका प्रहरीले जनाएको छ। 
उनीहरुको साथबाट ६ किलो ७४० ग्राम चरेश पनि बरामद गरिएको छ। 

प्रहरीले बरामद गरेको चितुवाको  छालाको उचाई ७ फिट ६ इन्च रहेको छ भने चौडाई १ फिट १० इन्च रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ। 

कात्तिक १, २०८० बुधबार २०:४६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।