परिणाममा ठगेको पाइएपछि सशस्त्रको पेट्रोल पम्प सिलबन्दी

परिणाममा ठगेको पाइएपछि सशस्त्रको पेट्रोल पम्प सिलबन्दी
फाईल फोटो

काठमाडौं : काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिलबन्दी गरिएको छ।

प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय र गुणस्तर एवं नापतौल विभाग लगायतले  गरेको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि सिल गरिएको हो।

वुधबार सशस्त्रको पेट्रोल पम्पसहित चारवटा पेट्रोल पम्प सिल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले सिलवन्दी सचिवालयको भनाई छ। 

र्यापिड रेस्पोन्स टिमले मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेको आरोपमा पम्पमा सिल गरेको जनाएको छ।

कात्तिक १, २०८० बुधबार १७:४६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।