कोशीमा सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास गर्छु : मुख्यमन्त्री कार्की
काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतिको सरकार बनाउन प्रयास गर्ने बताएका छन्।
वुधबार प्रदेशसभामा अधिकतम विश्वासको मत पाएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सहमतिको सरकार गठनका लागि प्रयास गर्ने बताए।
‘सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ, त्यसका लागि संवाद र सहकार्य हुन्छ’ उनले भने।
कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका छन्।
प्रदेशसभा बैठकमा उपस्थित ९१ मध्ये ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिए। राप्रपाका ५ सांसदले भने विपक्षमा मत हालेका छन्।
एमालेका ३९ र कांग्रेस नेता डा. शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा गत शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
कात्तिक १, २०८० बुधबार १७:२५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।