आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबिच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी

आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबिच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी

काठमाडौं : आइएमई पे र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेक द्वारा प्रवर्दित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ।
 
सम्झौता अनुसार युएईको केन्द्रीय बैङ्कबाट  इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एप  मार्फत आइएमईको डिजिटल वालेट आइएमई  पे मा सोझै रकम पठाउन सकिने गरि डिजिटल रेमिटेन्सलाई प्रर्वद्धन गर्न दुवै पक्षले सहकार्य गर्ने छन्।

यस रणनीतिक सहकार्य मार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रर्वद्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठुलो सहयोग पुग्नुको साथै आइएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा  प्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने बताइएको छ। 

 

कात्तिक १, २०८० बुधबार १७:१६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।