कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
फाईल फोटो

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्।  वुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन्। 

कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिए। 

प्रदेशसभा बैठकमा उपस्थित ९१ मध्ये ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिए।  राप्रपाका ५ सांसदले भने विपक्षमा मत हालेका छन्। 

९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ। 

एमालेका ३९ र कांग्रेस नेता डा. शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा गत शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

कात्तिक १, २०८० बुधबार १६:४१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।