एशिया प्यासिफिक इनर्जी फोरममा भाग लिन ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड उडे

एशिया प्यासिफिक इनर्जी फोरममा भाग लिन ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड उडे

काठमाडौं : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज (वुधबार) थाइल्याण्डको राजधानी बैंकक गएका छन्।  

‘तेस्रो एशिया प्यासिफिक इनर्जी फोरम’मा भाग लिन मन्त्री बस्नेत आज त्यसतर्फ गएका हुन्। फोरम यही अक्टोबर १९ र २० मा आयोजना हुँदैछ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देललगायत उच्च अधिकारीले उनलाई बिदाइ गरेका थिए। 

दिगो विकासका लक्ष्य प्राप्तिमा ऊर्जा क्षेत्रले पुर्याएको योगदान, नेपालले अवलम्बन गरेको नीति, कार्यक्रम र लक्ष्य तथा त्यसबाट प्राप्त  प्रगतिलगायत विषयमा मन्त्री बस्नेतले सो कार्यक्रममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। 

कात्तिक १, २०८० बुधबार १६:१९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।