‘गणपति’ र ‘ऐँचो पैचो’मा पछारिएका मुकुनलाई फ्लपमा ह्याट्रिक हुने भय
काठमाडौँ : आधा दर्जन फिल्ममा काम गरिसकेका मुकुन भुसालको परिचय ‘बुलबुल’ को चोपेन्द्र भन्दा माथि उठ्न सकेन।
उनी यही उपनामले बेरोजगार हुनु परेको छैन। ‘बुलबुल’ मा अभिनय गरेकी स्वस्तिमा निकै अगाडि बढिसकिन्। तर मुकुन त्यही चोपेन्द्रमै अड्किएका छन्।
‘गणपति’ बाट राम्रै माइलेज पाउने आसमा थिए उनी। तर फ्लप भयो। ‘ऐचोँपैचो’ हल्का चले पनि उनले जस पाएनन्। उनका लागि यी दुवै फिल्म कति वटा फिल्ममा अभिनय गरेको भन्दा सङ्ख्या बढाउन मात्र सहयोगी भयो।
उनले अभिनय गरेको फिल्म ‘विच्छेद्य’ अब प्रदर्शनको तयारीमा छ। मङ्सिर ८ मा रिलिज हुने यो फिल्म पनि सफल भएन भने उनले असफलतामा ह्याट्रिक हान्नेछन्।
अभिनय मात्रै हैन यो फिल्मको कथा समेत उनैले लेखेका हुन्। त्यसैले यो फिल्मको राम्रो व्यापार हुनु उनका लागि बढो महत्त्वपूर्ण छ। नत्र अभिनयमा डेब्यु फिल्ममै जमेका उनी डेब्यु कथामा भने डुब्न सक्छन्।
फिल्म ‘बुलबुल’मासँगै अभिनय गरेकी लक्ष्मी बर्देवा ‘विच्छेद्य’मा उनको जोडीका छिन्।
मुकुनको कथामा पटकथा र निर्देशन सत्यराज चौलागाईंको छ। लगानी राजकुमार पण्डित, दिमेश श्रेष्ठ सुवास राई र सावित्री बज्राचार्यको हो।
कात्तिक १, २०८० बुधबार १५:४१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।