द्धन्द्धग्रस्त क्षेत्र इजरायल पुगे अमेरिकी राष्ट्रपति बाइडेन
काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन द्धन्द्धग्रस्त क्षेत्र इजरायल पुगेका छन्।
अक्टोवर ७ देखि हमासविरूद्ध युद्ध लडिरहेको इजरायललाई सहयोग गर्न बाइडेन इजरायल पुगेका हुन्।
वुधबार तेल अभिभ विमानस्थलमा बाइडेनलाई इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले स्वागत गरेका थिए।
इजरायलमा हुँदा बाइडेनले प्रधानमन्त्री नेतन्याहुसँग हमासविरूद्धको लडाइँबारे छलफल गर्ने कार्यसूची रहेको छ।
कात्तिक १, २०८० बुधबार १५:१६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।